अमेरिकामा नेपाली उद्यमी अरूणाले स्थापना गरिन् क्लिनिकल प्रविधि कम्पनी

  • शुक्रबार​ १९ भौ २०८३ ०३:०६ PM
काठमाडौंको थापा गाउँकी अरूणा अधिकारी थापाले अमेरिकामा ‘काइरोस हेलिक्स’ नामक क्लिनिकल प्रविधि कम्पनी स्थापना गरेकी छन्। जीवन विज्ञान क्षेत्रमा हुने क्लिनिकल ट्रायलबाट उत्पादन हुने ज्ञानलाई व्यवस्थित रूपमा संकलन, एकीकृत र प्रयोग गर्ने प्रक्रियालाई प्रविधिमार्फत सहज बनाउने लक्ष्य कम्पनीले लिएको छ। क्लिनिकल ट्रायलका क्रममा प्रोटोकल, अनुसन्धान प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांकदेखि विशेषज्ञका निर्णयसम्म ठूलो मात्रामा सूचना उत्पादन हुने