काठमाण्डु– रसुवा बाढीमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ५ हजार ५३ जना अझै बेपत्ता छन् भने १३ हजार ९५ जनाको उद्धार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसिरहेका छन् ।