काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्