काठमाडौं । ग्राहकले नयाँ गाडी किन्दा उसको अपेक्षा सामान्य हुन्छ– गाडी नयाँ होस्, धेरै नचलेको होस् र शोरुमबाट आफ्नो हातमा आएपछि मात्रै त्यसको वास्तविक यात्रा सुरु होस् । तर चीनबाट नेपाल आउने गाडीको अहिलेको अवस्थाले यही सामान्य अपेक्षामाथि प्रश्न उठाएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको सडकको ठूलो हिस्सा,