त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य कठिन बनेको छ । शुक्रबार दुईजनाको जीवितै उद्धार गरिएपनि थप उद्धारका लागि अवस्था असहज बनेको हो । उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन