मकवानपुर । मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लागेको छ । मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको प्रसिद्ध वंशगोपाल मन्दिरमा आज बिहानैदेखि भक्तजन तथा पर्यटकको उल्लेख्य भीड लागेको हो । कृष्ण जन्माष्टमी, ठुलो एकादशी, तीज, फागु पूर्णिमालगायत विभिन्न पर्वमा जात्रा तथा मेला लाग्दै आए पनि कृष्ण जन्माष्टमीको दिन वंशगोपाल मन्दिरमा