रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता

  • शुक्रबार​ १९ भौ २०८३ ०१:०६ PM
सप्तरी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू सुरक्षित रहेको पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर अझै १६७ जना सम्पर्कविहीन रहेका छन् ।