मनलाई अलि बाँधेर, आफैँलाई अलि सम्हालेर, बाढीको साता बितेपछि मात्रै यी शब्दहरु कोर्ने आँट मनमा आयो । ०७२ वैशाख १२ को भूकम्पले उजाडेको घरको जग खोतेलेर बल्ततल्त नयाँ घर बनायौँ, तर बाढीले अहिले न जग खोतल्ने ठाउँ राखिदियो, न नयाँ जग हाल्ने जग्गा नै । बुढी हुँदै गएकी मेरी आमालाई अलिकति खुसी दिउँला, घरजम गरौँला,