त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनाको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो। कवीर महर्जनकी सासुआमा नीलकुमारी महर्जनले सुरुङभित्र रहेका उनी जीवितै उद्धार हुने आशा लामो समयसम्म रहे पनि आठ–नौ दिनपछि आशा कमजोर हुँदै गएको