प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यामाहा डिलरको १५ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ११:३६ AM
काठमाडौं । यामाहा डिलरको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरिएको छ। एमएडब्लू ग्रुपका निर्देशक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका महासचिव मिलन बाबू मल्लले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको बताइएको छ। यस अवसरमा एमएडब्लू ग्रुपका निर्देशक तथा नाडाका महासचिव मल्लले विपद्को कठिन समयमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने बताए। उनले भने, “प्राकृतिक विपद्ले प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै क्षेत्र ... The post प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यामाहा डिलरको १५ लाख सहयोग appeared first on Kalika Khabar.