सवारी दुर्घटनामा ९ जनाको मृत्यु

  • शुक्रबार​ १९ भौ २०८३ ११:४९ AM
काठमाडौँ : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-३ औरही पुलस्थित सडकमा ढल्केवरबाट लालभित्तीतर्फ जाँदै गरेको ज.१ त ८२३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका-१ बगडा बस्ने ४० वर्षीय शेष नारायण यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको सरकारी अस्पताल बर्दिवासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। धनुषाकै शहिदनगर नगरपालिका-७ धबौलीस्थित सडकमा ज.१२ प ४१०९ नम्बरको मोटरसाइकल र ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल एकआपसमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा ज.१२ प ४१०९ नम्बरका ... The post सवारी दुर्घटनामा ९ जनाको मृत्यु appeared first on Kalika Khabar.