परराष्ट्र मन्त्रालयले भन्यो– ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

  • शुक्रबार​ १९ भौ २०८३ १२:०० PM
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिसहरू फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’ र अपर त्रिशूली–३ ‘बी’ लगायतका आयोजनाका सुरुङमा खोज तथा