उमेरले सानो, सेवाभावले ठूलो : भोटेकोशी बाढीमा हराएकाको खोजीमा विवेकको सक्रियता

  • शुक्रबार​ १९ भौ २०८३ ११:२८ AM
भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजी अभियानमा सक्रिय १२ वर्षीय बालक विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । लमजुङका विवेकले काठमाडौंको टिचिङ अस्पताल, महाराजगञ्ज परिसरमा भोटेकोशी बाढीपछि हराइरहेका व्यक्तिहरूका फोटो टाँस्दै उनीहरूको खोजीमा सहयोग गरिरहेका छन् । उनको मानवीय प्रयासबारे सामाजिक सञ्जालमा चर्चा बढेसँगै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत घुइँचो लागेको छ । कक्षा ५