रसुवा बाढी : उद्धारदेखि राहतसम्म भारतको निरन्तर साथ, आइपुग्यो सातौँ चरणको राहत सामग्री

  • शुक्रबार​ १९ भौ २०८३ ११:४२ AM
रसुवामा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोग निरन्तर बढिरहेको छ। भारतबाट हालसम्म सातवटा राहत उडानमार्फत ९० टन राहत सामग्री नेपाल आइपुगेको छ। भारतका लागि नेपालस्थित राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय वायुसेनाका सी-१३० जे विमानमार्फत पछिल्लोपटक छैटौं र सातौं राहत उडान काठमाडौं आएका छन्। यी दुई उडानबाट मात्रै २१.५ टन