काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट करिब २.५६ बिलियन अमेरिकी डलर अर्थात् ३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रोयटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई उद्धृत गर्दै बाढीबाट सम्पत्ति, घर तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ