भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि एडीबीले दियो ५० लाख डलर आपत्कालीन अनुदान

  • शुक्रबार​ १९ भौ २०८३ १०:५८ AM
काठमाडौं । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा गेग्रानसहितको पहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत र प्रारम्भिक पुनःस्थापनाका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान उपलब्ध गराएको छ । एडीबीको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड (एपीडीआरएफ) अन्तर्गतको अनुदानसम्बन्धी सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध