बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

  • शुक्रबार​ १९ भौ २०८३ १०:२९ AM
भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । यसअघि बिहीबार ११४ जना नेपाल आइपुगेका थिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन् The post बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए appeared first on Businesspana.