रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

  • शुक्रबार​ १९ भौ २०८३ १०:३७ AM
रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।