दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ १९ भौ २०८३ ११:०२ AM
अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेपछि नदी आधा थुनिएको छ । पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चौलानी