काठमाडौं । राहतमा पाएको चाउचाउ बेचेर नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्दै आएका सुरेशकुमार कारञ्जितले काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरमा पुगेपछि आफूलाई आवश्यक औषधि निःशुल्क पाए । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले घर सम्पत्तिसहित सर्वस्व गुमाएपछि कारञ्जितसँग औषधि किन्नेसमेत पैसा थिएन । विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्रीले खानेकुराको जोहो हुँदै