कान्ति लोकपथमा पहिरोको सास्तीः सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित

  • शुक्रबार​ १९ भौ २०८३ १०:०८ AM
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ । अत्यधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । विशेषगरी