काठमाडौं । थाइल्यान्ड सरकारले नेपालका बाढीपीडितको सहयोगार्थ नगद ७० लाख थाई भाट अर्थात् करिब ३ करोड २० लाख रुपैयाँ सहयोग गरेको छ । थाइल्यान्डका प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री अनुतिन चानविराकुलले नेपालका लागि थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । सहयोगसँगै थाइल्यान्डले आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएको छ ।