गोदावरी कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०९:४० AM
अत्तरिया । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। कैलालीको गोदावरी नगर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो इच्छाअनुसार रकम संकलन गरी उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । संकलित रकम गोदावरी नगर समितिको कार्यालय अत्तरियामा एक