काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको १० दिनपछि जीवितै उद्धार गरिएको छ । नेपाली सेना, प्राविधिक तथा विज्ञसहितको टोलीले शुक्रबार बिहान महर्जनको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको हो । उनलाई अहिले सैनिक अस्पताल छाउनीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।