नदी अवरोध र हिमतालको जोखिमबारे नेपाललाई चीनले पूर्वसूचना दिने

  • शुक्रबार​ १९ भौ २०८३ १०:०१ AM
काठमाडौं । उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । चिनियाँ दूतावासका अनुसार नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत नेपालसँग आदानप्रदान गरिनेछ । चीनका मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना