हराउँदै गौरा पर्वको मौलिकता

  • शुक्रबार​ १९ भौ २०८३ ०८:३१ AM
कञ्चनपुर । समयको गतिसँगै पछिल्लो समय सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ । एक दशकअघिसम्म बिरुडा पञ्चमीका दिन गाउँघरका सबै महिला सामूहिक रुपमा भेला भएर एकै स्थानमा बिरुडा भिजाउने गर्थे । गौरा पर्व मनाउने छुट्टै घर(गौराघर) हुन्थ्यो एउटै आँगनमा गाउँभरिका महिला भेला भएर विधिवत रुपमा गौरा पर्व मनाउने चलन थियो ।