बनेपा । आज बनेपामा १० हजार कन्याको ‘कन्या पूजा’ गरिएको छ । बिहान १०ः०० बजेदेखि बनेपा भोलाखाटोलस्थित गणेश स्थानबाट कन्या पूजा गर्न सुरु गरिएको हो । प्रत्येक वर्ष बनेपामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा कन्या केटीको पूजा गरिन्छ । रजस्वला नभएका १० हजार कन्यालाई सडकको दायाँबायाँ बसालेर पूजा गरिने परम्परा सुरु भएको १२४ वर्ष पुगेको छ ।