मिहिनेतअनुसारको नतिजा आउँछ, सकारात्मक भएर खेलौँ: एरिका गुरुङ

  • शुक्रबार​ १९ भौ २०८३ ०८:५१ AM
काठमाडौं । आगामी २०औँ एसियाली खेलकुदमा नेपालका लागि पदकको सबैभन्दा ठूलो आशा गरिएकी कराते खेलाडी एरिका गुरुङले आफ्नो मिहिनेतअनुसार नतिजा आउने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित बिदाइ कार्यक्रममा एरिकाले एसियाली खेलकुदलाई आफ्नो खेल जीवनकै महत्वपूर्ण क्षणका रूपमा लिएर प्रतिस्पर्धा गर्ने बताइन् । ‘आफ्नो भविष्यबारे धेरै नसोची देश र आफ्नो लक्ष्यमा