काठमाण्डु – रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग कटानले क्षतविक्षत भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १२० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर भासिएको छ । मलेखुबाट काठमाण्डुतर्फ करिब एक