दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

  • शुक्रबार​ १९ भौ २०८३ ०१:२८ PM
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् ।  आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उनले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिए ।  गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उनिहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुगेका थिए । गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको  उच्च कदर गरिएको उल्लेख गरेका छन् ।