काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेशमा पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरिएको घटनापछि उनले नैतिक कारण देखाउँदै राजीनामा बुझाएका हुन्। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले बागमती सरकारमा सहभागी नहुने र विश्वासको मतसमेत नदिने निर्णय गरे पनि पार्टीका सात प्रदेश सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए। त्यसपछि तीन सांसद मन्त्रीसमेत बनेका छन्। तामाङका भाइ डम्बर तामाङ पनि विश्वासको मत दिने सात सांसदमा छन्। यही कारण आफूलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिरहन नैतिक संकट परेको तामाङले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पार्टीले निर्णय उल्लंघन गरेको ... The post राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले दिए राजीनामा appeared first on Kalika Khabar.