विदुर — दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ऐतिहासिक ढुंगा त्रिशूलीमा आएको बिनाशकारी बाढीले बगाएको छ । नेपाल–भोट युद्ध अन्त्यपछि सन्धि गरिएको स्थानमा रहेको ऐतिहासिक ढुंगा भदौ १० गतेको बाढीले सन्धिस्थलबाट बगाएको हो । विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको उक्त ढुंगा नेपाल र तिब्बतबीच भएको ऐतिहासिक बेत्रावती सन्धिको जीवित साक्षी थियो । नेपाल र तिब्बतबीच विसं