वातावरण बिगार्ने देशसँग क्षतिपूर्ति माग्नुपर्छ : अध्यक्ष ओली

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४२ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्न शुक्रबार नुवाकोट पुगेका ओलीले जलवायु परिवर्तनको विषयलाई संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका हुन् । नेपालले वातावरण बिगार्न कुनै भूमिका नखेले पनि जलवायु परिवर्तनको