नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

  • शुक्रबार​ १९ भौ २०८३ ०७:५८ AM
सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । अर्को व्यवस्था नभए सम्मका लागि भन्दै उनलाई भदौ १८ गतेको मन्त्री स्तरीय निर्णय अनुसार निमित्त महाप्रबन्धक तोकिएको हो । The post नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई appeared first on Businesspana.