ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

  • शुक्रबार​ १९ भौ २०८३ ०७:५७ AM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए । उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख