भोटेकोशीमा आएको भीषण बाढीका कारण नुवाकोटको बेत्रावती बजार अहिले खण्डहरमा परिणत भएको छ। कुनै समय त्यस क्षेत्रकै ठूलो बजारका रूपमा परिचित बेत्रावती धार्मिक, ऐतिहासिक, आर्थिक तथा सामाजिक दृष्टिले समेत महत्वपूर्ण मानिन्थ्यो। तर, बाढीपछि भने बेत्रावतीको पुरानो स्वरूप नै हराएको छ। बाढीले बजारका घर तथा संरचनामा ठूलो क्षति पुर्याएपछि अहिले बेत्रावती बगरजस्तै उजाड देखिएकाे छ्।