काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली टोलीसहित राहत बोकेर नुवाकोट प्रस्थान गरेका छन् । पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्षकै हातबाट नुवाकोट र रसुवाका बाढी प्रभावितलाई पार्टीको तर्फबाट राहत सामग्री वितरण गरेपछि उनी नुवाकोट प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीसँगै सचिव महेश बस्नेत लगायतका नेताहरू पनि रहेका छन् । अध्यक्ष ओलीले राहत, उद्वार लगायतको कामको निरीक्षण गर्ने सचिव बस्नेतले जानकारी दिए । उनले भने, ‘हाम्रो नेसनल भोलिन्टियर फोर्सले पीडितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरणदेखि लिएर सरसफाइसम्मको काममा सहयोग गरेको छ। त्यो समेत हामी अवलोकन गर्छौँ।’ The post राहत लिएर नुवाकोट लागे एमाले अध्यक्ष ओली appeared first on Kalika Khabar.