विदुर– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि उद्धार गरिएका सञ्जय साह अरूको ज्यान जोगाउन खोज्दा आफैं सुरुङभित्र फसेका थिए । घटना हुँदा साह आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए । सामान्य अवस्थामा कन्ट्रोल रुममा ५–६ जना मात्रै हुने गरे पनि दुर्घटनाका बेला आयोजनामा ४०–४५ जना मानिस रहेको उनले नेपाली सेनासँगको कुराकानीमा बताएका