काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौंतर्फ जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा सुरु गरिएको छ । नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण थालिएको हो । धादीङको कृष्णभीरमा नदीले सडकको तल्लो भाग कटान