काठमाडौं । बुद्ध एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर-७२-६००’ जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान 9N-AOS कलसाइन भएको उक्त जहाजले काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान भरेको थियो । बुद्ध एयरले उक्त जहाज गत जुलाई २५ मा