हुम्ला । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो । हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित