काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस आज ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तरराष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो । यस सोसाइटीका करिव १० लाखभन्दा