म्याग्दी तीन सातादेखि प्रमुखविहीन

  • शुक्रबार​ १९ भौ २०८३ ०७:०१ AM
म्याग्दी । म्याग्दीमा प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह अन्यौलग्रस्त बन्न पुगेको छ । जिल्लामा २१ दिनदेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नभएपछि जनताले पाउनुपर्ने सेवाप्रवाह नपाएका कारण अन्यौल भएको हो । विसं २०८२ मङ्सिर २९ गते गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाबाट म्याग्दीमा हाजिर भएका उपसचिव रवीन्द्र आचार्यको कङ्गालिनी नगरपालिका, सप्तरीमा सरुवा भएका कारण दैनिक जनताले पाउनुपर्ने