काठमाडौं । बङ्गलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बङ्गलादेशले उक्त रकम सहयोग गरेको हो । राहत, पुनःस्थापना तथा मानवीय प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बङ्गलादेश सरकारले सहयोग उपलब्ध गराएको जनाएको छ । बङ्गलादेशका विदेश