बाढीपीडितका लागि सुनचाँदी व्यवसायी महासंघले दियो १ करोड ११ लाख 

  • शुक्रबार​ १९ भौ २०८३ ११:२९ AM
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघको भोटेकोसी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। महासंघमा आबद्ध सातै प्रदेशका अध्यक्ष, जिल्ला एवं नगरका अध्यक्ष, एसोसिएट सदस्यका साथै महासंघका सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यको पहलमा संकलित उक्त रकम कार्यवाहक अध्यक्ष धर्मसुन्दर वज्राचार्यको अगुवाइमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। महासंघले विपदबाट उत्पन्न मानवीय संकटमा सघाउने उद्देश्यले यस्तो सहयोग गरिएको बताएको छ।