काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्ग लगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण साना सवारीका लागि एक लेन मात्र सञ्चालनमा छ । बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको ... The post बाढीपहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध appeared first on Kalika Khabar.