भाद्र कृष्ण अष्टमी : अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३२ AM
काठमाडौँ : कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वरसहित दुबोको पूजा गरेर आज अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई ‘अँध्यारी’ भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज ... The post भाद्र कृष्ण अष्टमी : अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै appeared first on Kalika Khabar.