९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो..

  • शुक्रबार​ १९ भौ २०८३ ०५:१७ AM
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् । उनका छोरा रिकुमार योङहाङ आफ्ना बाबुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशवण्डा तथा नामसारीका लागि कार्यालयका विभिन्न फाँटमा धाइरहेका थिए । दृष्टि गुमाएर १६ वर्षदेखि ओच्छ्यान परेकी धनमायाको हातपाउ पनि लाग्न