ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले पाएनन् सिँचाइ सुविधा

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३० AM
सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो । सुदामा, छोटउल,