साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०५:२० AM
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्स्थापनाका लागि ६० लाख सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप ५० लाख र कर्मचारीको तलबबाट कट्टा गरी १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिइन्